बेहुला बनाउछु भन्नेले बहुला बनाएर छोडी

0

नबिन सुबेदी , बैशाख ६  ,गैडाकोट….|

दर्शक तथा स्रोताको मन मनमा बस्न सफल गायक रमेशराज भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर  ‘बहुला’ बोलको गीत सार्बजनिक  गरेका हुन् ।  आफ्नै शब्द ,संगीत र स्वोरमा तयार भएको गीतलाई आर अडियो म्युजीक ले बजारमा ल्याएको हो  ।  बबाल भो बबाल भो, फिदा हुन्छु, जब साँझ पर्छ जस्ता गीतहरुले बजारमा चर्चा बटुलिरहेको बेलामा अहिले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई बोलको गीतले अहिले चर्चा बटुलिरहेको छ | लोक दोहोरी क्षेत्रबाट चर्चा बटुलेका  भट्टराई सुगम संगित तिर पनि निकै चर्चित गायकको रुपमा आफुलाई स्थापित गराएका छन |
बहुला बोलको गीतलाई जसले उत्क्रिस्ठ कभर भिडियो बनाउछ तेस मध्धे एक कभर भिडियोलाई पुरस्कार स्वरुप ५१००० प्रदान गरिने छ | बेहुला बनाउने बाचा गरेकी युवतीले धोका दिएर गएपछि बहुला बनेको कथालाई गीतमा उतारेका छन गायक भट्टराईले | नवलपरासी बासी  गीतकार, संगीतकार तथा गायक रमेश राज भट्टराईक़ा दर्जनौ लोकगीतहरु , आधुनिक तथा पप गीतहरु स्रोता दर्शकले मन पराइरहेका छन |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    प्रधानसम्पादक : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सहसम्पादक : प्रेम क्षेत्री
    सम्बादाता : लक्ष्मी पौडेल
    : हिमा अर्याल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro