बुलिङ्टारका बालबालिकाहरुलाई सचेतना दिइदै

0

सुजल गिरी,असार-९ । बुलिङटार गाउँपालिका वडा नम्बर -२ मा आज बालबालिका विरुद्ध हुने दुर्व्यवहार विषयक एकदिने तालिम सम्पन्न भएको छ। बुलिङटार गाउँपालिकाको आर्थिक सहयोग र आरसीडीसी  को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। बाल दुर्व्यवहार भनेको के हो, यो कसरी हुन्छरु बालबालिकाप्रति अभिभावकको भूमिका ,बाल संरक्षण लगायतका विषयहरूमा तालिम दिइएको आयोजक आरसीडीसी  का सहयोगी मीनराज गिरीले बताउनुभयो।

कार्यक्रममा २०जना अभिभावक र २० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। बाल दुर्व्यवहार जो कोहीबाट पनि हुन सक्ने र यसबाट आफूहरु सजग हुने प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरुले कार्यक्रम अत्यन्त प्रभावकारी भएको र आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका थिए। राष्ट्रका कर्णधारका रुपमा रहेका बालबालिका विभिन्न किसिमका दुर्व्यवहार, यातना ,शोषण ,हत्या ,अपहरण लगायतका दुखद घटना बाट गुज्रिरहेका हुनाले तुलनात्मकरुपमा उनीहरुलाई थप विशेष संरक्षण आवश्यकता पर्ने भएकाले यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न आरसीडीसी  का अध्यक्ष पदम राज गिरीले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षण हेटौंडाका सुशीलराज गिरीले दिनुभएको थियो।

देवबडाचुली मा.वि.मा पनि कार्यक्रम

नवलपुर को पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं २ मा रहेको देवबडाचुली मा।वि, टाडी मा बालक्लब गठन ,संचालन र नियमन कार्यक्रम आज सम्पन्न भएको छ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी  को आयोजना र बुलिङटार गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

बालबालिकाको अधिकारको सम्मान संरक्षण प्रवर्द्धन र परिपुर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजक आरसीडीसी  का अध्यक्ष पदमराज गिरीले बताउनुभयो। कार्यक्रममा देवबडाचुली मा।वि का कक्षा ९र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागी रहेको थियो।

आफूहरुलाई बालक्लब सम्बन्धि केहिपनि कुरा जानकारी नभएको र यस कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर पाएको भन्दै सहभागी विद्यार्थीहरुले खुसी व्यक्त गर्दै आयोजकलाइ धन्यवाद समेत व्यक्त गरेका थिए। कार्यक्रममा बालक्लव गठन को प्रक्रिया, परिचालन र नियमन सम्बन्धि आधारभूत पक्ष हरु को बारेमा जानकारी गराइएको आयोजक आरसीडीसीका सहयोगी मिनराज गिरी ले जानकारी दिनु भयो। कार्यक्रम सञ्चालन हेटौँडा बाट आउनु भएका सुशील राज गिरी ले गर्नु भएको थियो।

Share.

Leave A Reply