बुलिङटार २ पेलेगामा स्वस्थ्य भवन बन्ने/ग्रामीण जनता खुशी

0

डोलराज रानाभाट, १ वैशाख । नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडानम्वर २ पेलेगामा सामुदायिक स्वास्थ्य एकाई भवन वन्ने भएको छ ।

२ कोठे पक्कि भवनको निर्माण उपभोक्ता समिति मार्फत गरिने जीवनज्योति निमाविका प्रधानाध्यापक मनप्रसाद भाटले जानकारी दिनुभयो । सुविधासम्पन्न कुनैपनि अस्पताल नभएको सो क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाई भवन वन्ने भएपछि स्थानीय जनता खुशी भएको प्रअ भाटले जानकारी दिनुभयो ।

भवनको बुलिङटार गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटीले आज शिलन्यास गर्नुभएको छ । गाउँपालिकाको १० लाखको बजेटमा भवन वन्ने भएको हो ।

सो सामुदायिक स्वस्थ्य केन्द्रबाट पेलेघा, धबादी, बरिमल, देउराली लगायतका जनता लाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्न सकिने शिक्षक भाटको भनाई रहेको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै वस्ताकोटीले आफ्नो क्षेत्रभित्र विकासको कामहरुलाई प्राथमकितामा राखेर काम गरिरहनुभएको छ ।

Share.

Leave A Reply