बुलिङटार गाउँपालिकाको विवाद सुल्झियो/वार्तापछि कर्मचारी काममा फर्कदै

0

डोलराज रानाभाट,१० चैत्र । काम गर्ने वातावरण नभएको भन्दै गाउँपालिका छाडेर हिँडेका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघुनाथ काफ्ले र इन्जिनियर सन्जय कुमाल नियमित काममा फर्कने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय नवपुरमा आज प्रमुख जिल्ला अधिकारी दिपक नेपालको कार्यकक्षमा भएको वार्तामा कुरा मिलेपछि कर्मचारी काममा फर्कने भएका हुन । यो वीचमा गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटीले कर्मचारीलाई लखेटे भनेर विभिन्न संचार माध्यममा समाचार आएपनि त्यस्तो वातवरण सृजना नभएको तर केहि भनाभन भने भएको जानकारी दिँदै नेपालले दुवै पक्षलाई सहमतिमा ल्याएर काममा फर्कने वातावरण वनाएको विजय एफएमलाई जानकारी दिनुभयो  ।

कर्मचारीलेपनि जनप्रतिनिधीहरुलाई वाइपास गर्न नहुने र जनप्रतिनिधीले पनि  कानुनलाई मिच्ने कुनै गतिविधि नगर्न सुझाव दिएको उहाँको भनाई छ । यसैविच विप्लव नेकपाको चन्दा आतंकलेपनि काम गर्न छोडेर हिडेको समाचार आइरहदा सुरक्षाको सम्पुर्ण प्रत्याभूति दिनेगरि उहाँहरुलाई विश्वस्त तुल्याएको उहाँको भनाई छ ।

यदि चन्दा आतंक लगायतका कतैवाट थ्रेट आए तुरुन्त नजिकको प्रहरीमा खवर गर्न र यदि त्यहाँ नभए एसपी वा प्रमुख जिल्ला अधिकारीलाई सिधै फोन गर्न सक्ने गरी वातावरण वनाइएको नेपालको भनाई छ ।

Share.

Leave A Reply