बुटवल उपमहानगरमा अब वाड नं. १९ बाँकी

0

बुटवल । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस(माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ । गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।

बुटवलमा अहिलेसम्म १७ वटा वडाको नतिजा आइसकेको छ । वडा नम्बर १३ बाहेक सबै वडा एमालेले जितिसकेको छ । अहिले १८ नम्बरको मतगणना भइरहेको छ । अब १९ नम्बर वडा मात्र गन्न बाँकी छ ।बुटवल वडा नम्बर १७ सम्मको नतिजा हेर्दासम्म मेयर पदमा एमाले कांग्रेसको मतान्तर २ हजार ६ सय ८१ छ । अब गन्न बाँकी ३ हजार २ सय ३४ मत हो ।

Share.

Leave A Reply