बीएफआइएन र एपीआरएसीए–सीइएनटीआरएबी बीच समझदारीमा हस्ताक्षर

0


काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन–सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ (एपीआरएसीए–सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ ।
नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा समझदारी भएको हो । समझदारी पत्रमा बीएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एपीआरएसीए–सीइएनटीआरएबीका प्रबन्ध निर्देशक लेसिरा जुअरेञ्जले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पत्रमा दुई संस्थाबीचको समन्वयमा विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा विशेष गरी लघुवित्त तथा सहकारीका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् ।
वीएफआइएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त समझदारीले नेपालको लघुवित्त तथा ग्रामीण विकास सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताउनुभयो ।
एपीआरएसीए–सीइएनटीआरएबी सन् १९७४ बाट एशियाप्यासिफिक राष्ट्रहरुको प्राविधिक तथा बिभिन्न बिषयहरुमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
बीएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तकम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्तलगानीमा स्थापना भएको हो । बैंक तथावित्तीय क्षेत्र संग सम्बन्धिततालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सिप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, वित्तीय क्षेत्र संग सम्बन्धितबिषयमा अनुसन्धान गर्ने तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न किसिमका मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सुचनाहरु एकिकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पु¥याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । यस संस्थाले स्थापना भएको छोटो समयमै ५० वटा राष्ट्रिय तथा ७ वटा अन्र्तराष्ट्रिय स्तरमा तालीम र २ वटा गोष्ठी सम्पन्न गरिसकेको छ ।

Share.

Leave A Reply