बिश्व पानी दिवसको अबसरमा गैंडाकोट जेसिजद्वारा जार तथा डिस्पेन्सन बितरण

0

 

अजय पौडेल, गैंडाकोट / चैत ८

बिश्व पानी दिवसको अवसर पारेर गैंडाकोट जेसिजले आज गणेश पन्चायन मन्दिरलाई जार तथा डिस्पेन्सर बितरण गरेको छ । मन्दिर आउने सबै भक्तजनहरुले स्वच्छ पानी पिउन पाउने अवस्था होस भनेर जार बितरण गरिएको गैंडाकोट जेसिजका अध्यक्ष जेसि भानुभक्त रिमालले जानकारी दिनुभयो । गैंडाकोट जेसिज बर्ष २०१९ का शाखा अध्यक्ष जेसि भानुभक्त रिमालको अध्यक्षता रहेको कार्यक्रममा नेपाल जेसिजका बर्ष २०१९ का उपाध्यक्ष जेसि गोकुल सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष जेसि प्रमेश आचार्य, गैंडाकोट जेसिजका उपाध्यक्ष जेसि राजेश पौडेल, उपाध्यक्ष जेसि दिपक सापकोटा,मन्दीरका अध्यक्ष जानकिदत्त भट्टराई,नेपाल बोटल उघोग संग चितवन नवलपुरका अध्यक्ष केशव घिमिरे, मन्दिरका पदाधिकारी, जेसिसजका पदाधिकारी तथा सदस्यहरु लगायत स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । गैंडाकोट जेसिज बर्ष २०१९ का महासचिव जेसि दया सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रमको संयोजक जेसिज बर्ष २०१९ कि उपाध्यक्ष जेसि मिना दाहाल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले गैंडाकोट जेसिजले गरेका सामाजिक कार्यहरूको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्न शुभकामना दिनुभयो । त्यस्तै मन्दिरका अध्यक्ष भट्टराईले जेसिजले गरेको सहयोगप्रती आभार ब्यक्त गर्नुभयो । कार्यक्रम बोल्दै गैंडाकोट जेसिजका अध्यक्ष जेसि भानुभक्त रिमालले आगामी दिनहरुमा पनि जेसिजले यस्ता सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । सन २००७ मा स्थापना भइ समाजमा सामाजिक कार्य गर्दै आएको जेसिजले यसअधि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Share.

Leave A Reply