बिराटनगर जाँदै गरेको बस चितवनमा दुर्घटना,१८ जना घाइते

0

चितवन,जेठ १८-

काठमाडौंबाट बिराटनगरका लागी छुटेको बस चितवनमा दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् । ना ६ ख १३३२ नम्बरको बस राती १ बजे चितवनको रनपा १० मा रहेको त्रिनेत्र पेट्रोल पम्प अगाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । सडक बिचमा रहेको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको चितवन प्रहरीले जानकारी दिएको छ । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply