बिनायक कृषी सहकारीद्धारा १ दिने कृषि तालिम प्रदान

0


गैडाकोट, ३ जेठ । बिनायक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आज गैडाकोटमा एकदिने कृषि तालिम भएको छ ।  बिनायक कृषि सहकारी संस्था लिमीटेडको आयोजना र गैडाकोट नगरपालीकोको सहयोगमा गैडाकोट एकिकृत बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा धानखेती रोग पहिचान र रोकथामका उपाय तालिम कार्यक्रम भएको हो । तालिममा धान खेती के कसरी गर्न सकिन्छ, उत्पादन कसरी बढाउने , कसरी रोग पहिचान गर्ने आदि बिषयमा कृषकहरुलाई तालिम दिईएको बिनायक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खिमानन्द सापकोटाले बताउनुभएको छ । उहाले बिउ राख्दा ध्यान पु¥याउन सके कृषकहरुलाई फाईदा पुग्ने बताउनुभयो । तालिममा गैडाकोट कृषि शाखा प्राबिधिक राजु प्रसाद शर्मा र देवचुली कृषी शाखा प्रमुख नगेन्द्र भण्डारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा गैडाकोट वडा नम्बर १ देखी ९ सम्मका कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम बिनायक कृषि सहकारी संस्था लिमीटेडका अध्यक्ष खिमानन्द सापकोटाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गैडाकोट वडा नम्बर ७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, वडा ८ का वडाध्यक्ष डिलाराम रिजाल लगायतको सहभागिता रहेको थियो । २०६६ सालमा कृषी क्षेत्रको बिकास र कृषकका लागि स्थापना गरिएको श्री बिनायक कृषि सहकारी संस्था लिमिटेडमा ३ सय ७८ जना शेयर सदस्य रहेका छन ।

Share.

Leave A Reply