बिनय केटुको आवाजमा सारङ्गी रेटौला

0

भाद्र,१६

बिगत लामो समयदेखी संगीत क्षेत्रमा आफुलाई समर्पित गर्दै निकै मेहनत र लगावले दर्शक श्रोताहरुको मन जित्न सफल गायक तथा युवापुस्तामाझ निकै चर्चित अनि सबैको ढुकढुकि अनि मिठो स्वरका धनी गायक बिनय केटुले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि आफ्नो नया गीत ` सारङि रेटौला´ को म्युजिक भिडियो सार्वजनिक गरेका छ्न ।

धेरै भन्दा धेरै हिट गीतहरु दर्शक श्रोतामाझ सार्वजनिक गरिसकेका गायकले आफ्ना केही बढी गीतहरु मार्फत केही ले अवार्ड समेत हात पारी सकेका छन भने त्यस्तै करिब आज भन्दा १२ बर्ष अघि उनले आफ्नो संगीत यात्रा सुरु गरेका थिए पनि सुरुवाती दिनदेखि नै उनले आफुलाई सफल गायकको रूपमा पनि चिनाई सकेका थिए । करिब १२/१३ बर्ष देखि गायन यात्रा देखि म्युजिक एरेन्जरको रुपमा कार्यरत गायक बिनयले यस्ता थुप्रै हिट हिट गीतहरु दर्शकमाझ राखेर सफल गायकको रूपमा स्थापित भैसकेका छ्न भने गायकको यस सार्वजनिक नया गीत पनि १ बर्ष अघि रिलिज गरेको एल्बम ` आरोही २ ´ मै समाबेश गीत रहेको छ ।

गायक बिनयकै श्रीमती लोईश ठकुरिले निर्माण गरि सार्वजनिक गरेको यस गीतमा गायक बिनयको निकै मोहक आवाज सुन्न सकिन्छ भने गीतलाई गायक बिनयले आफै संगीत एरेन्ज गरेका छ्न ।

गीतमा गीतकार तथा संगीतकार समय खड्काले शब्द रचना तथा संगीत भरेका छ्न भने गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन । निकै आकर्षण र लोभलाग्दो भाव अनि कथालाई बुनेर तयार भएको यस गीतको म्युजिक भिडियोलाई चर्चित गायकले निकै उत्कृष्ट तरिकाले निर्देशन गरेका छ्न । गीतको यस भिडियोमा चर्चित मोडल एलिशा राई,निराजन प्रधान ,अस्विना केसि र बुद्धन थापाको अभिनय रहेको छ । क्यामेरामेन अर्जुन तिवारीले खिचेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

https://www.youtube.com/watch?v=PXsivc1Prvw&feature=share

 

 

Share.

Leave A Reply