बिजुली पेन्टर प्लम्बर मजदुर युनियनमा ढकालको नेतृत्व

0


गैँडाकोट, १८ भाद्र । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन ९क्युपेक० को सोमबार सम्पन्न प्रथम नगर अधिवेशनले रमेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
१५ सदस्यीय कार्य समितिको उपाध्यक्षमा होमप्रसाद सापकोटा, सचिवमा खुशीमान गुरुङ, कोषाध्यक्षमा इन्द्रबहादुर गुरुङ, सह–सचिवमा लक्ष्मीनारायण सापकोटा लगायतका सदस्य रहनु भएको छ ।
यसअघि गैंडाकोट ५ इन्द्रेणी पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पाण्डे प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । उहाँले सम्पूर्ण मजदुरहरु एक हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कंडेल विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो । उहाँले नगरलाई सुन्दर बनाउन नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनको महŒवपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा पनि सुरक्षित र व्यवस्थित तरिकाले काम गर्न आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव सोमबहादुर आले, क्युपेक नेपाल नवलपुरका जिल्ला अध्यक्ष गोविन्द क्षेत्री लगायत विभिन्न संघसंस्थाका पदाधिकारी साथै मजदुरहरुको उपस्थिति रहेको थियो । कार्यक्रम क्युपेक नेपाल गैंडाकोट नगर कमिटिका अध्यक्ष दानबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण खुशीमान सरज गुरुङले गर्नुभएको थियो ।

Share.

Leave A Reply