बिजय सामुदायीक शिक्षा सदनका विद्यार्थीले राखे कुमाल समुदायको सस्कृतिका वारेमा चासो

0

गैडाकोट, १० चैत्र । अन्तराष्ट्रिय स्कुल अवार्ड (आइ.एस.ए) अवार्ड अन्तर्गत २० प्रतिशत स्थानीय पाठ्यक्रममा कुमाल संस्कृती विषय अन्तर्गत रहेर आईतबार बिजय सामुदायीक शिक्षा सदन गैडाकोटका विद्यार्थीले कुमाल समुदायको सस्कृति र अवस्थाबारे जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

बिजय सामुदायीक शिक्षा सदनमा कक्षा ५ मा अध्यानरत बिद्यार्थीले गैडाकोट नगरपालीका प्रमुख छत्रराज पौडेल र नगरकार्यपालीका सदस्य भिम बहादुर कुमालसँग नगरपालीकामा छलफल गरेका हुन् । कुमाल समुदायका अबस्थाका बारेमा कक्षा ५ मा अध्ययनरत सक्षम पौडेलले सोधेको प्रश्नको जवाफ दिदै नगरकार्यपालीका सदस्य भिम बहादुर कुमालले आफु नगरपालीकामा आएपछि कुमाल समुदायको सँस्कृति बचाउनका लागि धेरै काम गर्दै आएको बताउनुभयो ।

गैडाकोट नगरपालीकामा १२ सय २८ कुमाल समुदाय रहेको जानकारी दिदै कुमालको लोप हुदै गएको कुमाल नाच मारुनी नाचको संरक्षणका लागी आफुले कार्यक्रम गर्दै आएको बताउनुभयो । त्यस्तै कुमाल समुदायको संस्कृति संरक्षणको लागी नगरपालीकाले के गर्दैछ भन्ने बिद्यार्थीको प्रश्नको जवाफ दिदैं नगरप्रमुख छत्रराज पौडेलले माटोको भाडा बनाउने र ति भाडा बजारमा लगेर बेच्ने कुमाल समुदायको मुख्य पेशा रहेको बताउदै गैडाकोट नगरपालीका भित्र रहेका कुनै पनि कुमाल समुदायले यो पेशा नगरेको बताउनुभयो ।

साथै उहाँले यदी कुमाल समुदायबाट माटोको भाडा बनाउन कसैले चाहेको र हाम्रो सहयोग आवश्यक परेमा नगरपालीकाबाट सक्ने सहयोग गर्न आफुहरु संधै तयार रहेको पनि बताउनुभयो । कुमाल समुदायलाई आर्थिक रुपबाट सक्षम बनाउनका लागी होमस्टे सञ्चालन गराउन लागेको जानकारी दिनुभयो । पौडेलले यसका लागी प्रदेशले १० लाख रकम प्रदान गरेको र यसका लागी नगरपालीकाले पनि केही रकम छुटाउने बताउनुभयो ।

कुमाल समुदायलाई कृषि पेशामा सहयोग पु¥याउनका लागी गैडाकोट नगरपालिका बडा नम्बर ३, १८ र १४ को केही पहाडी क्षेत्र बाहेक अरु सबै क्षेत्रमा सिचाईको पनि व्यवस्था गरेको बताउनुभयो ।

पौडेलले कुमाल समुदायमा रहेका बालबालीकाको अबस्था कस्तो छ भन्ने बिद्यार्थीको प्रश्नमा गैडाकोट नगरभित्र रहेका कुमाल समुदायका बालबालीका मात्र नभई कुनै बालबालीका पनि बिद्यालयको पहुच भन्दा बाहिर नरहेको बताउनुभयो । कुमाल समुदायलाई नगरपालीकाले पनि स्थान दिएको बताउदै नगरसदस्य २ र कार्यपालीका सदस्य १ गरि ३ जना नगरपालीका सदस्य भित्र रहेको बताउनुभयो ।

कुमाल समुदायको बिषयमा चासो राखि उनिहरुको अबस्थाको बिषयमा जानकारी लिनु भएकोमा बिद्याथी र बिद्यालयलाई धन्यवाद दिदै नगरप्रमुख पौडेलले यस्ता कार्यक्रम समयसमयमा हुन आवश्यक रहेको पनि बताउनुभयो । कार्यक्रमको सहजीकरण आई एस ए कोर्डिनेटर तथा विजय सामुदायीक शिक्षा सदनकी सहायक प्रध्याध्यापक रेखा श्रेष्ठले गनुभएको थियो ।

Share.

Leave A Reply