बिजय एफएमको स्टेशन म्यानेजरमा उपाध्याय र सहायकमा क्षेत्री नियुक्त

0

गैडाकोट, १४ माघ ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ को स्टेशन म्यानेजरमा श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजरमा प्रेम क्षेत्री नियुक्त हुनुभएको छ ।

 

उपाध्याय विगत ४ वर्षदेखी र क्षेत्री विगत १२ वर्षदेखी विजय एफएममा कार्यरत हुनुहुन्छ । उपाध्याय सहायक स्टेशन म्यानेजरबाट स्टेशन म्यानेजर र क्षेत्री कार्यक्रम तथा समाचार प्रमुखबाट सहायक स्टेशन म्यानेजरमा पदोन्नती हुनुभएको हो ।

 

एफएमका अध्यक्ष गोपिनाथ खरेलले दुवैजनालाई हार्दिक बधाईका साथ कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply