बिकु जनता बिद्यार्थी बचत समुहद्धारा बिद्यालय परिसरमा सरसफाइ

0


गैँडाकोट, २९ मंसिर । विकू जनता बिद्यार्थी बचत समुहले बिद्यालय परिसरमा आज सरसफाई कार्यक्रम गरेको छ । जनता माध्यामिक बिद्यालय हर्कपुरमा बिकु जनता बिद्यार्थी बचत समुहले सरसफाई कार्यक्रम गरेको हो । स्वच्छ बातावरण स्वास्थ्य का लागि र अध्ययन गर्नका लागि पनि र आवश्यक हुने हुनाले पनि बिद्यार्थीकै सहभागितामा सरसफाई कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक काशीनाथ पोखरेलले बताउनुभयो । सो कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिद्यालयलाई ५ वटा डस्टविन हस्तान्तरण गरेको छ । बिकुका संचालक सदस्य यमुनाथ आचार्य र चन्द्रदत्त जैसीले बिद्यालयलाई डस्टविन हस्तान्तरण गर्नुभएमो हो । उहाहरुले कार्यक्रममा बोल्दै ख्ुशी एवम स्वस्थ्य सदस्यको लक्ष्य लिएर अगाडी बढेको बिकुले बिद्यालयमा बिभिन्न अत्रिक्ति कार्यक्रमहरु संचालन गर्दे आएको छ । सो कार्यक्रममा हर्कपुर सेवा केन्द्र उपसमिति संयोजक बलराम उपाध्याय , सेवा केन्द्र प्रमु पुर्ण प्रसाद सापकोटाकाृ उपस्थिती रहेको थियो । बिद्यालयका प्रधानाध्यापक काशीनाथ पोखरेलको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply