बाल मैत्री वडा बनाउने छलफल अन्तिम चरणमा ; सापकोटा

0


सबिता तिवारी
गैंडाकोट, ८ मंसीर ।
गैंडाकोट वडा नम्बर १ लाई बाल मैत्री वडा बनाउने विषय अन्तिम चरणमा पुगेको छ । नगरमै वडा नम्बर १ लाई बाल मैत्री वडा बनाउने विषय तिव्र रुपमा अगी बढेको हो । यसका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरीएको साथै नेपालकै पहिलो बाल मैत्री नगरपालिका सुनवल नगरपालिका पनि अवलोकन गरेर आएको गैंडाकोट वडा नम्बर १ का वडा अध्यक्ष हरी प्रसाद सापकोटाले बताउनु भयो ।
अवलोकन पश्चात वडामा बाल मैत्री वडा स्थापनका लागि सुधार गर्नु पर्ने पक्षहरुको विषयमा पनि जानाकार भएको उहाँले बताउनु भयो । अगिल्लो वर्षको चैत्र मसान्त सम्म बाल मैत्री वडा स्थापना गर्ने योजना बनायता पनि समपुर्ण सुचकहरु पुरा गर्दै जादाँ केही समय लम्बिएको बताउदै अब अन्तीम चरणमा पुगेको सापकोटाले बताउनु भयो ।
बाल मैत्री वडा स्थापित गर्ने क्रममा प्रत्येक घरघरमा गएर सर्वेक्षण पनि गरेको उहाँले बताउनु भयो । यसै क्रममा अब भने बाल मैत्री वडा घोषणको क्रम अन्तीम चरणमा पुगेको छ ।

Share.

Leave A Reply