बामगठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताविच झडप, पाँच जना घाईते

0

नवलपुर १३ मंसिर ।
चुनाव प्रचार अभियान सकेर घर फर्कदै गरेका बामकार्यकर्ता र नेपाली काग्रेसका कार्यकर्ताविच झठप भएको छ । झडपमा ५ जना घाईते भएका छन् । दुवै पक्षले माफुमाथि आक्रमण भएको दाबी गरेका छन् । तर घटनामा बाम कार्यकर्ता घाईते भएकाो देखिन्छ । नवलपुरको मध्यबिन्दु नगरपालिका —६ बरुवामा  भएको झडपमा बामगठबन्धनका नेता एवम् नेकपा (एमाले) मध्यविन्दु नगर कमिटिका अध्यक्ष दुर्गा भुर्तेल, युवा नेता घनश्याम पौडेल , विजय भुर्तेल सहितका पाँच जना नेता कार्यकर्ताहरु घाईते भएका छन् ।


धारिलो हतियार प्रहारबाट तीनै जनाको टाउको चोट रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये दुर्गा भुर्तेलको अबस्था चिन्ताजनक रहेको छ ।उनीहरुको मध्यबिन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले जनाएको छ ।

दोषीलाई तत्काल पक्राउ गर ः महत


नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र नं. २ बाट बामगठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक महतले आक्रमणमा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन सरकार संग माग गर्नु भएको छ ।

Share.

Leave A Reply