बामएकता निर्दलीय शासन ल्याउने प्रयास – महामन्त्री डा. कोइराला

0

गैँडाकोट, १८ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वी नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार डा. शंशाक कोइरालाले अहिलेको निर्वाचन सिद्धान्तको लँडाई भएको बताउनुभएको छ । गैँडाकोटमा शनिबार भएको चियापान कार्यक्रममा कोइरालालले बामपन्थि एकता भनेको दुई तिहाई बनाएर संविधान परिवर्तन गरी निर्दलिय शासन ल्याउने प्रयास भएको बताउनुभयो ।

महामन्त्री कोइरालाले संविधान कार्यन्वयनका लागि यो चुनाव आवश्यक भएको र समृद्धिका लागि नेपाली काँग्रेस आवश्यक भएको बताउनुभयो । कोइरालाले काँग्रेसले देशमा पूर्वाधार खडा गरेको भन्दै ८ हजार किलोमिटरको बाटो ८१ हजार किलोमिटर पुगेको, एकवटा विश्वविद्यालयबाट १० विश्वविद्यालय पुगे, एउटा मेडिकल कलेजबा १८ पुगेको बताउनुभयो । हरेक गाउँमा उपस्वास्थ्य चौकीको अवधारणा नेपाली काँग्रेसको भएको भन्दै कोइरालाले नेपाली काँग्रेस विकास उन्मुख भएको बताउनुभयो ।

पूर्वी नवलपरासी क्षेत्र नं. १ क का प्रदेश सभाको उम्मेद्वार कृष्णचन्द्र नेपालीले बाम गठबन्धनको दाउ लोकतन्त्रलाई उपयोग गरेर लोकतन्त्रलाई तिर हान्ने रहेको बताउनुभयो । लोकतन्त्रको संरक्षणको लागि मात्रै बामएकताबाट डराएर नभएर लोकतन्त्रको संरक्षणका लागि लोकतन्त्रका लागि खतरा भएको नेपालीले बताउनुभयो ।

आफ्नै निवासमा आयोजित चियापान कार्यक्रममा समानुपातिकका उम्मेदवार तिलकप्रसाद सापकोटाले बामगठबन्धनबाट डराउन नपर्ने भन्दै यस पटकको चुनावलाई महायज्ञको चुनावको संज्ञा दिनुभयो । सापकोटाले युवाहरु अघि बढ्नुपर्ने बताउँदै अब युवाको पालो आएको बताउनुभयो ।

नेपाली काँग्रेस नवलपरासीका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा र नेपाली काँग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले काँग्रेसभित्र एक स्वर भएर लोकतन्त्रको विजय सुनिश्चित भएको बताउनुभयो । चियापान कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply