बाढी प्रभावीत बिद्यालयलाई सहयोग

0

गैँडाकोट २२ अशोज ।


डिएक्सएन कुबेतद्धारा चितवनको बाढीप्रभावीत एक बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग भएको छ । मेघौली १ मा रहेको राष्ट्रिय प्राथमीक बिद्यालयलाई कुवेतमा बस्ने नेपालीहरुले १ लाख बराबरको शैक्षीक सामाग्री सहयोग गरेका हुन् ।

नवलपरासीको गैँडाकोट ७ का धनबहादुर कुमारको नेतृत्वमा डिएक्सएन कम्पनी मार्केटींग डबल डायमण्ड नवराज बन्जाडे, महेशकुमार खत्री, बसन्त पराजुली, धनु कुमार, श्याम महर्जन, राधिकार महर्जन, टेकबहादुर मुखीयाको टोलीले सहयोग हस्तान्तरण गरेको हो । सहयोग कार्यक्रमको नेतृत्व कुवेतमा कार्यरत धनबहादुर कुमालले गनुभएको थियो । गत साउन २९ गतेबो बाढीका कारण सो बिद्यालय १५ दिनसम्म संचालन हुन सकेको थिएन् । बिद्यालयमा अध्ययनरत कुमाल समुदायका ८० बालबालीकालाई सहयोग प्रदान गरीएको हो ।

Share.

Leave A Reply