बाढीले माडी–ठोरी सडक अबरुद्ध

0

चितवन,असार ७-

बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।

सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो ।रासस

Share.

Leave A Reply