बाईरोडको बाटोमा धुलो उडाउँदै, कालीगण्डकी करिडोरको गैंडाकोट क्षेत्र धुलाम्य

0

प्रेम क्षेत्री ,गैंडाकोट । कालीगण्डकी करिडोरको काम समयमा नै नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपरेको करिडोर क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । भारतलाई कालीगण्डकी हुँदै चीनसम्म जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भएपनि सडक निर्माण कार्यले गैंडाकोट क्षेत्रमा गति लिन सकेको छैन । पूर्वपश्चिम राजमार्गको गैंडाकोट कालीगण्डकी चोकदेखि उत्तरतर्फ १ किमी कालोपत्रे गर्नका लागि ४ वर्ष अघिदेखि रोडा बिच्छयाइएको भएपनि हालसम्म कालोपत्रे हुन सकेको छैन । गैंडाकोटको वडा नम्बर १, २ र ४ सँग जोडिएको यस क्षेत्रमा कालोपत्रे नहुँदा सडक धुलाम्य बनेको छ ।
सम्बन्धित निकायसँग पटक–पटक कुरा राखेको भए पनि कुनै प्रगति हुन नसकेको स्थानीयको गुनासो छ । यस विषयमा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाको ध्यानकर्षणसमेत गराएका छन् ।
यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धुलोले शरीर भरिन्छ । करिडोरको धुलो स्वास्थ्य चुनौती बनेको छ । ४ वर्षदेखि गैंडाकोटका कालीगण्डकी करिडोर आसपासका स्थानियले यस्तै सास्ती भोग्नुपरेको बताएका छन् ।


गैंडाकोट १ का मिलनराज घिमिरेले भन्नुभयो– “धूलोले खपिसक्नु छैन । खाना खानै लाग्यो रोड (सडक) मा गाडी हुइँकिन्छ, सबै धूलो जति घरभित्र पस्छ ।”
निर्माणाधीन कालीगण्डकी करिडोरले गति लिन नसक्दा स्वास्थ्यमा प्रतिकूल असर परेको उहाँले बताउनुभयो । सडकमा अवरोध गर्ने सम्मका कार्य गर्दा पनि धूलो कमी हुन नसकेको उहाँले दुखेसो गर्नुभयो ।
स्थानीय शिवप्रसाद रिमालले नेपालकै गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कामले गति लिन नसक्दा सबैले सास्ती बेहोर्नुपरेको बताउनुभयो । धूलोले हैरानी खेप्नुपरेको बताउँदै उहाँले कपडा धोएर सुकाए पनि कपडा सुक्न नपाई धुलाम्य हुने गरेको बताउनुभयो ।


निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासीमा १ सय ३२ किलोमिटर भाग पर्दछ । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकादेखि बुलि∙टार, डेढगाउँ हुदै पाल्पाको अर्गली–रामपुरसम्मको १ सय ३२ किलोमिटर करिडोरको सडक नवलपरासीमा पर्दछ । कालीगण्डकी करिडोरको बाटो नवलपरासीमा धेरै वर्षअघि नै खुलिसको छ । तर सडकको स्तरोन्नति भने हुन सकेको छैन ।
नवलपरासीअन्तर्गतको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पक्की पुल बनाउने काम चलिरहेको छ । कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ । यो करिडोर निर्माणले गण्डकी प्रदेश र प्रदेश नम्बर ५ लाई मात्र नभई सि∙ो मुलुकको नै आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ । करिडोर निर्माण कार्यलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् ।

Share.

Leave A Reply