बसको ठक्करबाट एकको मृत्यु

0

मुग्लिन, २४ माघ 

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।-रासस

Share.

Leave A Reply