बल्ल चुनाब लडेको अनुभुती भो प्रचण्ड

0

२८ मंसिर । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट चुनाब लड्दा बल्ल आफुले चुनाब लडेको अनुभुती गरेको वताउनुभएको छ ।

आज पत्रकार महासंघ चितवनले राखेको बधाई तथा शुभकामना कार्यक्रमा वोल्दै प्रचण्डले यसअघि २०६४ साल र २०७० सालमा चुनाब सहजै जितेको अनुभब सुनाउँदै यसपटक आफुले चुनाबको तितोमिठो अनुभब गरेको वताउनुभयो ।

रोल्पा होस वा काठमाण्डौं, सिराहा होस वा काठमाण्डौं आफुले थाहै नपाई चुनाब जितेको भन्दै प्रचण्डले चुनाबका बेला हुने तितामिठा कुरा चुनौती बल्ल आफुले थाहा पाएको वताउनुभयो । बामगठबन्धनले चुनाब जित्दा छिमेकीलाई नतर्सिन प्रचण्डले आग्रह गर्नुभयो । काँग्रेसले भनेजस्तो बामपन्थीले अधिनायकबाद नल्याउने भन्दै आफुहरु लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
महासंघको बधाई कार्यक्रममा वोल्दै पुर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले मेहनती जनता र ईमान्दार सरकार भए देशको मुहार फेरिने दाबी गर्नुभयो । उहाँले चुनाब अघि भनेजस्तै सजिलै विकास सम्भब नभएको भन्दै त्यसकालागि कडा मेहनत आवश्यक रहेको वताउनुभयो ।

चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले प्रेस स्वतन्त्रताको पक्षमा बामगठबन्धन ईमान्दार रहने प्रतिवद्धता जनाउनुभयो ।उहाँले बामगठबन्धन लोकतान्त्रिक बामगठबन्धन भएकाले काँग्रेसले भनेजस्तो अधिनायकबादको शंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

भरतपुर गार्डेन रिसोर्टमा गरिएको कार्यक्रम पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply