बलात्कार अभियोगमा आठ वर्ष कैद

0

भोजपुर, ९ माघ 

सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।

 

न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले मङ्गलबार सो फैसला सुनाएको अदालतका सूचना अधिकारी राजकुमार दाहालले बताउनुभयो ।

 

पीडित पक्षले गत कात्तिकमा दिएको उजुरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीले गत असोज २५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।-रासस

Share.

Leave A Reply