बर्दघाट सुस्ता पुर्व नवलपुरका लागि आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत २ अर्ब १९ करोड ८३ लाख रकम बिनियोजन ,गैंडाकोट नगरमा ३४ करोड ३८ लाख

0

नवलपुर

बर्दघाट सुस्ता पुर्व नवलपुरका लागि आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत २ अर्ब १९ करोड ८३ लाख रकम बिनियोजन भएको छ । नवलपुरमा रहेका ८ स्थानिय तहमध्ये सबैभन्दा बढी रकम कावासोती नगरपालिकामा बिनियोजन भएको छ ।

कावासोती नगरपालिकामा ३९ करोड ८५ लाख रुपैंया बजेट बिनियोजन भएको छ । सबैभन्दा कम बुङदीकाली गाँउपालिकामा बिनियोजन भएको छ । बुङदीकाली गाँउपालिकामा १६ करोड ९५ लाख बजेट बिनियोजन भएको छ ।

यस्तै गैंडाकोट नगरपालिकामा ३४ करोड ३८ लाख, मध्यविन्दु नगरपालिकामा ३५ करोड ३७ लाख, देवचुली नगरपालिकामा ३० करोड ८४ लाख, विनयी त्रिवेणी गाँउपालिकामा २५ करोड ३६ लाख, बुलिङटार गाँउपालिकामा १८ करोड ३० लाख र हुप्सेकोट गाँउपालिकामा १८ करोड ७८ लाख रकम बिनियोजन भएको छ । कूल बजेटमध्ये दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन् । यस्तै स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएका छन् ।  प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ भने प्रदेश ४ ले सबैभन्दा कम बजेट पाएको छ ।

सरकारले मंगलबार आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको थियो ।

Share.

Leave A Reply