बराह ज्वेलरीको रक्तदानमा १ सय ९ ले गरे दान ।

0

विजय खबर
भदौ ।
बराह ज्वेलरी ईन्टस्ट्रीज प्राली तथा नारायणी बराह ज्वेलरी ईन्डस्ट्रीज प्रालीले गरेको रक्तदान कार्यक्रममा १ सय ९ जनाले रक्तदान गरेका छन् । बराह ज्वेलरी ईन्टस्ट्रीज प्रालीको २३ औ स्थापना दिवस तथा नारायणी बराह ज्वेलरी ईन्डस्ट्रीज प्राली प्रथम बार्षिकोत्सवका अवसरमा चितवनको नारायणगढ शहिदचोकमा कार्यक्रम गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतीथी उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष राजन गौतमले मानविय कार्यमा सबैको सहकार्य आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा नेपाल सुनचादी व्यवसायी संघ चितवनका अध्यक्ष जिवनज्योती सदाशंकर, बराह ज्वेलरी ईन्टस्ट्रीज प्रालीका अध्यक्ष बिष्णु कुमार लामीछाने, सञ्चालक बिष्णुमाया लामीछाने, वडा प्रहरी कार्यलय नारायणगढका प्रमुख निरन्जन भट्टराई, हंकंग बजार टोल सुधार समितीका अध्यक्ष राजु बराली, हंङकङ बजार व्यवस्थापन समितीका अध्यक्ष माधव अधिकारी, फेन्सी व्यवसायी संघका अध्यक्ष प्रकाश गैरे, लगायतको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply