बजाज कम्पनीको आधिकारिक शो रुम एविसि नारायणी मोर्टस गैंडाकोटद्वारा सेवा शुभारम्भ

0

प्रेम क्षेत्री
फागुन ८, गैंडाकोट । बजाज कम्पनीको आधिकारिक शो रुम नारायणी मोर्टसले गैंडाकोटमा शाखा विस्तार गरेको छ ।

ग्राहकको सेवा सुविद्यालाई मध्ये नजर गर्दै गैंडाकोट कालिगण्डकी चोक नजिकै खत्रिफिडमा एविसी नारायणी मोर्टस सञ्चालनमा ल्याईएको सञ्चालक बालगोपाल चुकेले जानकारी दिनुभयो । सेवा शुभारम्भको अवसरमा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयरको सुविधा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । हाल १ सय देखी २२० सिसि सम्मका बाईक बिक्रि गरिने जनाउँदै सञ्चालक बालगोपाल चुकेले एक हप्तासम्म निशुल्क वास र १२५ सिसिको डिस्कभर बाईकको खरिदमा ३२ ईन्चको एलईडि टिभी उपहार प्रदान गरिने बताउनुभयो ।

स्थानियसँग सहकार्य गर्दै उहाँले स्कुटि बाहेक सवैभन्दा वढि माग रहेको पल्सर, डिस्कभर लगायत बजाज कम्पनीका बाईक विक्रि गरिने बताउनुभयो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सेवाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले यो शो रुमबाट गैंडाकोटका सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, ३ का वडाध्यक्ष शिवकान्त तिवारी, ५ का वडाध्यक्ष नवराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply