फ्रान्समा आइएस लडाकुको आक्रमणमा एक प्रहरीको मृत्यु, दुई घाइते ।।

0

वैशाख–८, फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताउनु भएको छ । फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ । सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ ।

Share.

Leave A Reply