फोहोरको दिगो ब्यवस्थापन गर्न गैंडाकोट ५ मा छलफल

0

गैडाकोट, ८ जेठ । फोहोरको  दिगो ब्यवस्थापन गर्न गैंडाकोट  ५ ले छलफल कार्यक्रम गरेको छ । गैंडाकोट ५ मा हिजो भएको छलफलमा वडालाई कसरी पुर्ण सरसफाई  बनाउने  र कुन योजना अनि कार्यक्रम लागू गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनु भयो ।उहाले वडालाइ पहिले नै सरसफाइ उन्मुख बनाइएको बताउदै फोहोरको दिगो ब्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।यसैबीच कार्यक्रममा वडाको आर्थिक  सहयोगमा गैडाकोट ५ निवासी चन्दा परियारलाई महिला ऊध्मशिलताको लागी सिलाई मेशिन   वितरण गरिएको वडा अध्क्षय नवराज  कडेलले बताउनु भएको छ । कार्यक्रममा  नगर उपप्रमुख विष्णु कुमारी कंडेल,  नगर कर्यपालिका सदस्य कुमारी रेखा पौडेल,  नगर कार्यपालिका सदस्य भीम बहादुर कुमार, वडा सदस्य हरि प्रसाद ढकाल,  वडा सदस्य पार्वती सापकोटा  एवमं  गैडाकोट नगरपालिका ५ का १८ वटै टोल विकास  संस्थाका वास प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply