फेसबुकमा सक्रिय युवाहरुको समुह नेपालीबाजेले ग¥यो अपांगलाई सहयोग

0

गैँडाकोट १६ पुष ।


सामाजीक सञ्जाल फेसबुकमा नेपाली बाजे नामक ग्रुपमा सक्रिय नवलपुरका युवाहरुले अपांग भएका व्यक्तीहरुलाई सहयोग गरेका छन् । शनिवार नवलपुरको गैँडाकोटमा रहेको अपांग जिवन विकास संस्थालाई २० हजार बराबरको खाद्य तथा १५ हजार बराबरको लत्ताकपडा सहयोग गरेका हुन् । फेसबुकमा ट्रोल बनाउन निमार्ण भएको नेपाली बाजे समुहको नामबाट सामाजीक संस्था नै गठन गरी मानवियताको अभियान थालेको ग्रुपका एड्मिन तथा नेपाली बाजेका अध्यक्ष दिवस सापकोटाले बताउनुभयो ।

विभिन्न जिल्लाका २१ जना अनाथ तथा अपांगहरु आश्रीत अपांग जिवन विकास संस्थाले विभिन्न व्यक्ती र समुहको सहयोगबाट नै काम गरीरहेको संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो ।

गत बैशाख महिनाबाट अपांगहरुलाई आश्रय दिने हेतुले सञ्चालीत संस्थामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, चितवन, पर्वत लगायत जिल्लाका अशक्त बालबालिका र वृद्ध महिला युवा आश्रीत छन् । नेपाली बाजे समुहका अध्यक्ष दिवस सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपक सदस्य अजय पौडेलले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply