फेसबुकमा व्ल्याकमेलिङ गरी रकम असुली गर्ने कावासोतीका सापकोटा चितवनबाट पक्राउ ।।

0

प्रेम क्षेत्री, नवलपुर । फेसबुकमा व्ल्याकमेलिङ गरी रकम असुली गर्ने कार्यमा संलग्न एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी कावासोती स्थाई घर भई चितवन भरतपुर महानगरपालिका वडा नं.१२ राधाकृष्णचोक बस्ने सुविन के.सी. भन्ने तिर्थ सापकोटालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

विगत केहि दिन देखी महिला तथा केटीहरुलाई फेसबुक मार्फत साथी बनाउने, फोटोहरु संकलन अपलोड गर्ने, अश्लिल भिडियो बनाउने अनि त्यो फोटो र भिडियो देखाएर व्ल्याकमेलिङ गरी रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

सापकोटाले भरतपुर २२ पटिहानी बस्ने एक महिलाको फोटो फेसबुक मार्फत दुरुपयोग गर्दै व्ल्याकमेलिङ गरी रु.५०,००० रकम गत माघ महिनामा लिएको प्रहरीले जनाएको छ । त्यसपछि पुनः सापकोटाले २ वटा फरक फरक मोवाईलबाट फोन गरी रु.३ लाख रकम माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालहरुमा फोटो भिडियो अपलोड गरी दिन्छु भनि व्ल्याक मेलिङ गर्ने गरेको पाईएको प्रहरी भनाई छ ।

पिडित महिलाले उजुरी दिएपछि तिर्थ सापकोटालाई प्रहरीले आज हाकिमचोकबाट पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply