फेरि अर्को दुर्घटना ! प्याराग्लाईडिङ दुर्घटनामा दुई घाइते

0

पोखरा, ५ चैत  ः प्याराग्लाईडिङ दुर्घटना हुँदा आज दुई जना घाइते भएका छन् ।  पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् ।

ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।-रासस

Share.

Leave A Reply