फिफा वरियतामा नेपालको उल्लेख्य सुधार

0

फिफाले सार्वजनिक गरेको वर्षको अन्तिम वरियतामा नेपालले अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ।

अघिल्लो वर्षको अन्त्यमा १७१ औं स्थानमा रहेको नेपाल यो वर्षको अन्त्यमा निकालेको नयाँ वरियतामा १० स्थान माथि उक्लिँदै १६१ औं स्थानमा आइपुगेको छ।

नेपालले वर्ष २०१८ मा खेलेका ९ वटा अन्तर्राष्ट्रिय खेलमा दुई वटामा मात्र जित हात पारेको छ। नेपालले बंगलादेश र भुटानलाई हराउँदा फिलिपिन्ससँग बराबरी खेलेको छ। बाँकी ६ वटा खेल हारेको छ।

नेपालले प्यालेष्टाइन, ताजकिस्तान, माल्दिभ्स, पाकिस्तान र यमनसँग पराजय व्यहोरेको हो। वर्ष २०१८ मा नेपालले १० गोल खाँदा ८ गोल गरेको छ।

Share.

Leave A Reply