फलफुल व्यापारीहरुले गरे नगर प्रहरी विरुद्ध नाराबाजी

0


नारायणगढ, १२ असोज । नगर प्रहरीले दुव्र्यवहार गरेको भन्दै भरतपुरका फुटपाथ फलफुल व्यापारीहरुले महानगर कार्यलय अगाडी नाराबाजी गरेका छन।नारायणगढको शहिद चोकमा बिहीबार दिउँसो प्रहरीले एक महिला व्यापारीलाई कुटपिट गरि फलफुल फालीदिएको आरोप व्यापारीहरुले लगाएका छन । कुटपिटपछि वेहोस भएकी सुमीत्रा चौधरीलाई उपचारका लागी भरतपुर अस्पताल लगिएको बताइएको छ । व्यापारीहरुले मेयर रेणु दहाल विरुद्ध नारावाजी गर्दै प्रहरी दादा गीरीमा उत्रेको भन्दै खेद प्रकट गरेका छन । महानगरले यस अघि पनि पटक पटक फुटपाथमा फलफुल किनबेच गर्न प्रतिबन्ध लगाउदै आएको थियो ।

Share.

Leave A Reply