फरार अभियुक्त कारागार चलान

0

भोजपुर, १० माघ 

प्रहरीले वहुविवाहको आरोपमा कैद सजाय तोकिएका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी वालाङ्खाको टोलीले वहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना ११ दिन कैद तथा रु पाँच हजार जरिवाना तोकिएका आमचोक गाउँपालिका–४ का ३० वर्षीय उमेश राई र ३१ वर्षीय डम्बरकुमारी राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको थियो । दुवै जनालाई आज कारागार चलान गरिएको छ ।-रासस

Share.

Leave A Reply