प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भईरहेको गृहमन्त्री थापाको भनाइ

0

चितवन, १० बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भईरहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसंग कुरागर्दै गृहमन्त्री बादलले संघीय प्रणाली कार्यान्वयनका लागी गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरी सकेको बताउनुभयो । उहाँले देशमा संघीय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयको लागी कार्यकारी आदेश जारी गरेको जानकारी दिनुभयो । आदेशले जिल्ला, प्रदेश र संघबीच समन्वयकारी भूमिका खेल्ने उहाँको भनाई छ । संघीयता अनुसारनै प्रहरी संरचना बन्दै गईरहेको मन्त्री बादलले बताउनुभयो । यस्तै गृहमन्त्री बादलले एमाले र माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दाबी गर्नुभयो । उहाँले प्राविधिक कारणले ढिलाई भएपनि मिति नतोकेकै समयमा एकता हुने बताउनुभयो । जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको बादलको दावी छ । दुबै पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिने उहाँले बताउनुभयो । केन्द्रमा सहअध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको मन्त्री बादलले जानकारी दिनुभयो ।
यस्तै….
गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताउनुभयो । विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको बताउनुभयो ।

Share.

Leave A Reply