प्रहरीले स्कुटरलाई किच्ने बसको चालकलाई भगाएको भन्दै गैँडाकोटमा प्रर्दशन

0

गैंडाकोट । सोमबार साँझ गैंडाकोट २ भृकुटी चोकमा भएको सवारी दुर्घटनामा घाइते अनिसा रानामगरको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रर्दशन गरेका छन् ।

प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको भन्दै मृतकका आफन्तले नाराबाजीसहित कार्यालयमा प्रर्दशन गरेका हुन् । सोमबार साँझ ७ बजे काठमाडौंबाट महाकालीका लागि छुटेको पश्चिम नेपाल चल्ने ना ५ ख ४३१३ नम्बरको बसले ना ४१ प २६७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटरमा समेत ठोक्किन पुगेको थियो ।

बसको ठक्करपछि ना ४१ प २६७५ नम्बरको स्कुटरमा सवार अनिसा मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

यातायात व्यवसायी पीडित सामु आएर छलफल गरी समस्या समाधानमा लाग्नुपर्नेमा भागेको उनीहरुको आरोप छ । प्रहरी कार्यालयमानै उपस्थित भएको ब्यवसायीलाई त्यहाँबाट प्रहरीले भगाएको उनीहरुको आरोप छ । आफन्तहरुले पीडितलाई न्याए दिलाउन प्रशासनले प्रभावकारी भूमिका नखेलेको बताएका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर जिसीले भने कारवाही प्रक्रिया अघि बढाईएको बताउनुभयो । उहाँले बस सञ्चालकलाई झिकाएर वार्तामा बसाउने सहमति गरी पीडितलाई न्याय दिलाउन आफू लागिपरेको बताउनुभएको छ । कानुनले दिएको अधिकार बमोजिमको रकम पीडितलाई दिलाउन आफू तयार रहेको उहाँको भनाइ छ ।

त्यो भन्दा बाँकी पीडितले मागेको रकम उनीहरु बसेर मिलाउनु पर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply