प्रसिद्ध अमेरिकी गायिका फ्रान्कलिनको निधन

0


एजेन्सी,भदौ १ –

गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल ९आत्माकी रानी०” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।
उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

Share.

Leave A Reply