प्रमुख दल वार्ताको तयारी, राजपा नजाने

0

काठमाडौँ, ३१ जेष्ठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा उत्रिएपछि प्रमुख दलहरु गम्भिर छलफलमा जुटेका छन् । आज सत्ता साझेदार र प्रतिपक्ष दलले राजपासँग फेरि छलफल गर्दैछन् । आज साँझ ४ बजे सिंहदरबारमा बोलाइएको छलफलमा राजपा के गर्दा चुनावमा आउँछ ? त्यसको उपाय खोज्ने नेताहरुले बताएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानिय तहको चुनाव र संविधान संसोधनलाई एकै ठाउँमा राखेर राजपासँग छलफल हुने जानकारी दिनुभयो । राजपाबाट चुनावमा जाने लिखित प्रतिबद्धता आए संविधान संसोधनमा प्रमुख दल सकारात्मक देखिएका छन् । प्रदेश नम्बर २ र ५ को चुनाव सार्नेमा पनि छलफल सुरु भएको छ । तर, चुनावमा मिति सार्ने वा नसार्नेमा सत्तापक्ष र प्रतिपक्षबीचमा कुरा मिलेको छैन । सत्तापक्षले राजपा चुनावमा आउने अवस्था भए निर्वाचनको मिति सार्न सकिने बिषयमा सकरात्कमक रहेको संकेत गरेको छ । प्रतिपक्षी दल एमालेले भने कुनै हालतमा निर्वाचनको मिति सार्न नहुने धारणा राखेको छ । राजपाले भने वार्ता अल्मल्याउने खेल भएको भन्दै आन्दोलनमा जाने बताएको छ । आज शीर्ष नेताहरु तराई मधेसमा झर्ने र वार्तामा सहभागि नहुने उनीहरुको रणनीति छ । तर बिहान आन्तरिक छलफल गरेपछि निस्कर्षमा पुग्ने राजपा नेता अनिल झाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply