प्रधानमन्त्री केपी शर्मा ओली दिक्षान्त सामारोहका लागि आज चितवन आउदै

0


चितवन, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदै छन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि ओली पहिलोपटक चितवन आउन लागेका हुन् । हेलिकप्टर मार्फत ओली चितवन आउने स्रोतले जानकारी दिएको छ । कृषि तथा बन बिज्ञान बिश्वविधालयको दिक्षान्त सामारोह र नयाँ किरण मावी भोजाडको शोर्ण महोत्सव समापन समारोह लगाएतका कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह मिति २०७५ बैंशाख २१ गते शुक्रवार विहान १०.३० बजे केन्द्रीय कार्यालयमा रामपुरमा हुँदैछ । सो कार्यक्रमको अध्यक्षता कुलपति सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख अतिथिका रुपमा चौधरीचरण सिंह हरियाणा कृषि विश्वविद्यालय, भारतका उपकुलपति प्रा.डा. के.पी. सिंह उपस्थित हुनुहुनेछ ।

Share.

Leave A Reply