प्रधानमन्त्री ओलीको बैँक खातामा ७७ लाख

0

काठमाडौं, ९ जेठ ।
केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसहितको गरि ७७ लाख रुपैयाँ वैंक व्यालेन्स रहेको छ । प्रधानमन्त्री केपी ओलीको आफ्नो नाममा एभरेस्ट बैंक मा ४२ लाख रकम मौजाद रहेको उल्लेख गरिएको छ । त्यस्तै ओली पत्नी राधिकाको नाममा माछापुच्छ्रे बैंक, प्रभु बैंक राष्ट्रिय बचत पत्रमा गरि ३५ लाख रकम रहेको छ । शाक्य नेपाल राष्ट्र बैंककी पूर्व प्रथम श्रेणीकी कर्मचारी हुन् । त्यसैगरि प्रधानमन्त्री ओलीको पत्नी राधिकाको नाममा भक्तपुर सूर्य विनायक नगरपालिका २ मा साढे एक रोपनी जग्गामा बनेको तीन तल्ले दुईबटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।  त्यस्तै झापामा शाक्यको नाममा १० कठ्ठा जमिन रहेको छ जुन स्वआर्जनबाट प्राप्त भएको जनाइएको छ । ओलीले पेश गरेको सम्पत्ति विरणमा सुनका गरगहना १७ तोला रहेको उल्लेख गरिएको जनाइएको छ । (अनलाइनहरुबाट साभार)

Share.

Leave A Reply