प्रदेश ५ ले आज ३० अर्ब रुपैँया बराबरको बजेट सार्वजनिक गर्दै

0


गैँडाकोट, १ असार । कृषि, पर्यटन, उद्योगलाई प्राथमिकता दिँदै पाँच नं. प्रदेश सरकारले शुक्रबार आज आर्थिक वर्ष २०७५र०७६ का लागि ३० अर्ब रुपैया हारहारीको बजेट ल्याउने तयारी गरेको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान, वित्तिय समानिकरण, स्थानीय स्रोत परिचालनबाट प्राप्त हुन सक्ने रकम र चालु वर्षको बाँकी रकम लगायतका शीर्षकबाट प्रदेश सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको हो । संघीय सरकारको ससर्त र वित्तिय समानीकरण अनुदानबाट प्राप्त १६ अर्बसँगै स्रोत बाँडफाँडबाट करिब ८ अर्ब रूपैया उपलब्ध हुने प्रदेश सरकारको अपेक्षा छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि गत चैत महिनामा ल्याएको १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट संघीय सरकारको अनुदानबाट मात्रै ल्याएको थियो ।
करिब १ हजार ६ सय योजना समावेश हुने बजेटमा १ सय ८३ वटा सडकका लागि बजेट छुट्टयाईने छ। बजेटमा पाल्पा रोल्पा सडकलाई अझै बढी प्राथमिकतामा राखिएको छ । त्यस्तै स्थानीय तहका केन्द्रसम्म पुग्ने सडक, जिल्लाका रणनीतिक सडक बजेटमा समाबेश छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रस्तुत गर्ने बजेटबाटै सम्भवतः प्रदेशको स्थायी राजधानी कहाँ हुनेछ भन्ने संकेत पाउने धेरैले अपेक्षा गरेका छन् ।

Share.

Leave A Reply