प्रथम मेयर कप फुटवल प्रतियोगितामा वडा नं ६ को फुटवल टिम फाइनलमा प्रवेश

0


रत्ननगर । रत्ननगर नगरपालिका,नगर खेलकुद विकास समितिको आयोजनामा  रत्ननगरको टिकौलीचौरमा जारी प्रथम मेयर कप फुटवल प्रतियोगितामा वडा नं ६ को फुटवल टिम फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिवार भएको दोश्रो सेमिफाईनल खेलमा वडा नं ४ लाई शुन्या विरुद्ध एक गोलले हराउदै वडा नं ६ फाइनलमा प्रवेश गरेको हो । जिल्ला तथा राष्टिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नगर स्तरीय फुटवल टिम तयार गर्ने तथा नगरको खेलकुलको विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । सोमवार हुने फाइलन खेलमा वडा नं १ र ६ बीच उपाधिका लागि प्रतिस्पर्धा हुने नगर खेलकुल विकास समितिका संयोजक केशब आचार्यले जानकारी दिए ।

Share.

Leave A Reply