प्रथम गैडाकोट कपको फाइनलमा गैडाकोट र नारायणगढ फुटवल क्लव वीच प्रतिस्पर्धा हुने

0

डोलराज रानाभाट, गैडाकोट, १४ माघ ।

गैंडाकोट खेलकुद समितिको आयोजनामा जारी प्रथम गैंडाकोट कप फुटबल प्रतियोगीता –२०७५ को फाइनल खेल माघ १७ गते हुने भएको छ । फाइनलमा खेलमा गैडाकोट फुटवल क्लब र नारायणगढ फुटवल क्लव वीच प्रतिस्पर्धा हुने गैडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

सेमिफाइनल अन्तगर्त आज भएको अन्तिम खेलमा नारायणगढ फुटवल क्लव विजयी भएको छ । युनिक फुटवल क्लवलाई ३–१ को अन्तरले हराउँदै उसले फाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११ रुपैंया संगै सिल मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्धितीय हुनेले ५५ हजार ५ सय ५५ संगै सिल मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने म्यान अफ द म्याच,हाइ स्कोर ल्याउने ,उत्कृष्ट प्लेअर र उत्कृष्ट गोल किप्परलाई पनि पुरस्कारको व्यवस्था गरीएको छ ।

यसैविच आगामी माघ १६ गते ग्रास रुट अन्तर्गत खेलाडी छनौट गरिने भएको छ। नवलपरासी भरीका १० विद्यालयका २ सय जना विद्यार्थीहरुको सहभागीतामा प्रतियोगिता गराईने र त्यसबाट खेलाडी छनौट गरिने कार्कीले जानकारी दिनुभाये । १० वर्ष मुनिका खेलाडी छनौट गरेपछि उनीहरुलाई फुटवलको तालिम दिइने छ । छनौट कार्यक्रममा एन्फा केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिँहको पनि उपस्थिती रहने बताइएको छ ।

Share.

Leave A Reply