प्रथम गैंडाकोट कपको उपाधी गैडाकोट फुटवल क्लबलाई

0

गैडाकोट, १७ माघ ।
प्रथम गैंडाकोट कप फुटबल प्रतियोगीता –२०७५ को उपाधी गैडाकोट फुटवल क्लबले हात पारेको छ । नारायणगढ फुटवल क्लव संगको प्रतिस्पर्धामा गैडाकोट फुटवल क्लब ३÷२ गोल अन्तरले विजयी भएको हो । प्रतियोगीतामा प्रथम हुने गैडाकोट फुटवल क्लबले १ लाख १ हजार १ सय ११ रुपैंया संगै सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै द्धितीय हुने नारायणगढ फुटवल क्लवले ५५ हजार ५ सय ५५ संगै सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलमा उत्कृष्ट्र खेलाडी विक्की राई घोषीत हुनुभएको छ । म्याच अफ दि सिरीज गैडाकोट फुटवल क्लबका नितिन थापा , उत्कृष्ट गोलकर्ता सन्त बहादुर गुरुङ, रुमेश बर्तोला, सुरेश कुमाल र उत्कृष्ट गोल किप्पर अनिश महतो घोषीत हुनुभएको छ ।

पुरस्कार बितरण समारोहमा बोल्दैं एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले गैडाकोट खेलकुद बिकास समितिलाई खेलको एकेडमीको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।

उहाले आवश्यक पर्ने आर्थिक सहयोग गर्ने पनि बताउनुभयो ।गैडाकोट खेलकुद बिकास समितिका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply