प्रथम खैरहनी महोत्सव सकियो, एक लाखले गरे अवलोकन

0


चितवन, २५ मंसिर । पूर्वी चितवनमा आयोजित प्रथम खैरहनी महोत्सव मंगलवार सकिएको छ । उद्योग वाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा यही मंसिर १६ गतेदेखी महोत्सव सुरु भएको थियो । संघ स्थापना भएको १० वर्षपछि आयोजित महोत्सव ऐतिहासिक रुपमा सफल रहेको संघका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गरेका छन् भने अन्दाजी २ करोडको कारोवार भएको छ । जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । समापन समारोहमा वोल्दै जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले मेला महोत्सवले यस क्षेत्रको कृषि,पर्यटन,व्यापार,उद्योगको विकासमा टेवा पुग्ने वताए ।
समापन समारोहमा महोत्सवलाई सहयोग गर्ने विभिन्न संघसंस्था,विभिन्न समितिका संयोजकहरुलाई सम्मान गरिएको थियो । उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको समापन समारोहमा खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,नेपाल कम्युनिष्ट पार्टीका खैरहनी इन्चार्जहरु झगरु चौधरी,जगन्नाथ आचार्य,नेपाली काग्रेश नगर सभापति शशिकुमार खनिया लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply