प्रथम उपराष्टपति चिल्ड्रेन प्रतियोगितामा राष्ट्रिय तेक्वाङदो संघका खेलाडीहरु छनौट

0


प्रथम उपराष्टपति चिल्ड्रेन प्रतियोगितामा राष्ट्रिय तेक्वाङदो संघका सम्पुर्ण खेलाडीहरु छनौट भएका छन ।

छनौट भएका खेलाडीहरु आज प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगितामा भाग लिन पोखरा गएका छन । पोखरा रंगशालामा मंगलबार र बुधबार खेल हुदैछ ।

प्रथम उपराष्टपति चिल्ड्रेन प्रतियोगिता बर्दघाट सुस्ता पुर्ब अन्र्तगत भएको जिल्लास्तरिय तेक्वाङदो छनौट प्रतियोगितामा महिला तर्फ २९ केजी तौल समुहमा शाईनिङ मा बिका तृप्ती सापकोटा, ३३ केजी तौल समुहमा शाईनिङ मा बि कै ईशा कुवर र ३७ केजी तौल समुहमा बोल्र्ड लाईट बोडिङका कबिता सोती मगर छनौट हुनुभएको हो , त्यस्तै पुरुष तर्फ भएको तेक्वाङदो छनौट प्रतियोगितामा ३३ केजी तौल समुहमा नेपाल राष्ट्रिय मा बि गैडाकोटका सुजन तामाङ, ३७ केजी तौल समुहमा कन्टिनेन्टल बोडिङ गैडाकोटका रोहीत ठाकुर, र ४१ केजी समुहमा बिजय सामुदायीक शिक्षा सदन गैडाकोटका समिर बिक छनौट हुनुभएको राष्ट्रिय तेक्वाङदो संघका अध्यक्ष कुसुम सुबेदीले बिजय एफएमलाई जानकरी दिनुभयो ।

उहाले सो छनौट प्रतियोगिता राष्ट्रिय तेक्वाङदो संघ र नेपाल तेक्वान्दो संघका खेलाडीहरु बिचम भएको बताउनुभयो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास कुमार केसीकोे प्रमुख आतिथ्यतामा भएको सो खेलको निर्णयकमा राष्ट्रिय तेक्वाङदो संघ नवलपुरका सचिब हरि थापा रहनुभएको थियो ।

Share.

Leave A Reply