प्रत्येक स्थानीय तहमा खेल मैदान – बाम गठबन्धन

0


गैँडाकोट, ९ मंसिर । नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार भविसोर पराजुलीले प्रत्येक स्थानीय तहमा रंगशाला, खेलमैदान, युवा क्लब तथा विचरण पार्कहरु निर्माण गरिने बताउनुभएको छ । प्रदेश क का उम्मेदवार सूर्य न्यौपानेले नागरिकहरुलाई विहान बेलुका खेलकुदमा अनिवार्य भाग लिन प्रोत्साहीत गरिने बताउनुभएको छ । यस्तै प्रदेश ख का उम्मेदवार रोशन गाहा मगरले स्वस्थ जीवनको आधार खेलकुदको विकास भएको बताउनुभएको छ । बाम गठबन्धनले आफ्नो घोषणापत्रमा स्वस्थ जीवनको आधार, खेलकुदको विकास भएको जनाएको छ । देवचुली नगरपालिका वाड न २, ४, कावासोती नगरपालिका वाड नं. ६, गैँडाकोट नगरपालिकाको वाड नं. १३, १० र ४ मा घरदैलो कार्यक्रम भएको छ । गैँडाकोट ४ ५ मा भएको कार्यक्रम विभिन्न पार्टीबाट बामगठबन्धनमा करिब डेढ सय प्रवेश गरेका छन् । यस्तै चुनावी प्रचारलाई तीव्रता दिनका लागि पार्टीका कार्यवाहक इन्चार्ज धनप्रसाद सापकोटाको अध्यक्षतामा बैठक समेत बसेको छ ।

Share.

Leave A Reply