प्रचण्ड र पाण्डेको रोचक भिडन्त

0

गैँडाकोट । देशभरीकै सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नं. ३ । यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे एकअर्कोका कडा प्रतिष्पर्धी बनेका छन् । दाहाल बाम गठबन्धन र पाण्डे काँग्रेसको लोकतान्त्रिक गठन्धनबाट चुनावी दौडमा रहेका छन् । दाहालका लागि एमालेका नेता देवी ज्ञवाली र यस अघि राप्रपाका नेता बद्रि तिमिल्सिना चुनावी सारथी बनेका छन् । देवी ज्ञवाली भरतपुर महानगरपालिकामा स्थानीय तहको निर्वाचनमा दाहालकी छोरी रेणु दाहालसंग पराजित भएका थिए भने तिमिल्सीना शनिबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रचण्डका प्रतिष्पर्धी रहनुभएका विक्रम पाण्डेका दाहिने हातका रुपमा चिनिएका तिमिल्सीना माओवादी केन्द्रमा पुगेपछि विक्रम पाण्डे कमजोर बनेको कतिपयको विश्लेषण रहेको छ । पाण्डे पक्षधरले भने विकास निर्माणका कामले जनतामाझ लोकप्रिय पाण्डेका लागि व्यक्तिबादी भोटले केही फरक नपर्ने टिप्पणी गर्ने गरेका छन् ।
दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताउनु भएको छ । चितवन ३ बाट एमालेमा–माओवादीका साझा उम्मेदवार बन्नुभएका उहांले उम्मेदवारी दर्ता गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै ७० देखिको पांच बर्षपनि टिक्न नसक्ने परम्परा अन्त्य हुन लागेको वताउनु भयो । उहांले बाम गठबन्धनले ढुक्कसंग बहुमत ल्याउने र पांच वर्ष सरकार चलाउने दावी गर्नुभयो । बाम सरकारसंगै देशमा स्थिरता कायम हुने प्रचण्डको भनाई छ । प्रचण्डले चितवनका जनताको मायाले डोर्याेएपछि आफुले चितवन ३ बाट उम्मेद्वारी दिएको वताउनुभयो । गृहजिल्ला आउन ११ बर्ष लागेको भन्दै उहांले जनताको साथ र सहयोगले उत्साह वढेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ का जनताको मायाका कारण पुनः उम्मेद्वारी दिएको बताउनुभएको छ । लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराउने क्रममा संचारकर्मीसंग कुरा गर्दै बनमन्त्री समेत रहेका पाण्डेले २० बर्षदेखी चितवन ३ का जनतालाई साथ दिएका कारण जनताले आफुलाई रोज्ने वताउनुभयो । पाण्डेले आफ्नो चुनाव जित्ने आधार विकास निर्माण भएको बताउनुभयो । चितवन ३ मा धेरै बिकास निर्माणका काम आफुले गरेको र पाइपलाइनमा रहेका विकास निर्माण पुरा गर्न पनि आफ्नो जित आवश्यक रहेको उहाँको भनाई थियो । भरतपुर र माडि नगरपालिकालाई सम्मुनत बनाउन आफु केन्द्रीत रहने पाण्डेले बताउनुभयो ।

Share.

Leave A Reply