प्रचण्डले भने “आध्यात्मिक चिन्तनले समाजमा विकृति र विसंगति हटाउँछ”

0


देवघाट, २२ माघ । पूर्व प्रधानमन्त्री एवंम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आध्यात्मिक चिन्तनले समाजमा विकृति र विसंगति हटाउन ठुलो भुमिका खेल्ने बताउनुभएको छ ।
तनहुको देवघाटमा आज सोमबार वेद वेदाङ विद्यालयको भवन शिलन्यास गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आध्यात्मिक चिन्तनले समाजलाई आदर्शतर्फ उन्मुख गराउने बताउनुभएको हो । देवघाटमा भएका मन्दिरहरूले देवघाटधामलाई विश्वसामु चिनाउनको लागि कोसेढुङ्गा सावित भएको बताउनुभयो । बाल्यकालदेखिको सम्झना देवघाटसंग जोडिएको भन्दै देवघाटको विकासमा सधै सकारात्मक रहने बताउनुभयो । आफु सत्तामा रहदा देवघाटको त्रिकोणात्मक पुलको लागि तोक लगाएर सबन्धित निकायलाई निर्देशन दिइसकेको समेत जानकारी गराउनुभयो । सबै धार्मिक आस्थालाई सम्मान गर्ने बताउदै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री दाहालले सरकारमा बसेर यसको संरक्षण र विकास गर्न चाहेको दाबि गर्नुभयो । देवघाट क्षेत्रमा बा“दर आतंक फैलिएको विषयलाई कोट्याउदै उहाले अब बन्ने पहिलो सरकारले यहाका बादर व्यवस्थापन र स्थानान्तरण गर्न प्रक्रिया अघि बढाईने बताउनुभयो । हाल गलेश्वर आश्रमको लालपुर्जा नभएको अवस्थामा त्यसको लागि आवश्यक पहल आफुले गर्ने बताउनुभयो । उहाले देवघाटको विकासको लागि उचित मागहरु लिएर आएमा सरकार र माओवादी केन्द्रको पूर्ण सहयोग र विश्वास रहने प्रतिबद्धता समेत व्यक्त गर्र्नुभयो ।
कार्यक्रममा बोल्दै प्रचण्डले आध्यात्मिक चिन्तनका विद्धान जन्माउने कुरामा आफ्नो सहयोग रहेको भन्दै वेद वेदाङ विद्यालय निर्माणका लागी १ लाख रुपैया दिने घोषणा समेत गर्नुभएको छ । साथै कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले निर्माण हुन लागेको वेद वेदाङ् विद्यालयको लागि वेद वेदाङ् विद्यालय देवघाट तनहुलाई ५१ हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ ।
फागुन २ गतेसम्म चल्ने महायज्ञमा विभिन्न अनुष्ठान हुनेछन् । अतिरुद्री, लक्ष्य हवन, १०८ श्रीमद्भागवत महापुराण, शिवपुराण लगायतका महत्वपूर्ण अनुष्ठान हुने आयोजकले जानकारी दिएको छ । महायज्ञबाट संकलन भएको रकम गलेश्वर आश्रमले निर्मित गरेका वेद वेदाङ् विद्यालयको स्तरोन्नति, स्थायी अन्न क्षेत्रको सुदृढिकरण, अति बृद्ध बृद्धाहरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नित्य पुजा गर्ने कोषको स्थापनामा खर्च गरिने आयोजकको भनाई छ ।
आशिष उप्रेतीबाट

Share.

Leave A Reply