प्रगतिनगर खानेपानीमा दुई युवाको अध्यक्ष पदमा कडा प्रतिस्पर्धा

0


देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अध्यक्ष पदका लागि दुई जनाको प्रतिष्पर्धा देखिएको छ । लोकतान्त्रिक पक्षबाट युवा उमेदवार ढाकाराम भट्टराई र प्रगतिशीलबाट अर्का युवा उमेदवार खिमानन्द भुसाल चुनाबी मैदानमा देखिने हुनुभएको छ । साविक प्रगतिनगर गाबिस क्षेत्रका नौ वटै वडामा सेवा क्षेत्र भएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागी चुनाब हुने भएको छ ।
३ बर्षमा हुनलागेको चुनाबी शरगर्मिले नगरपालीका नै तातेको छ । खानेपानीको अध्यक्षको चुनावमा लोकतान्त्रिक तर्फबाट ढाकाराम भटराई र प्रगतिशील बाट खिमानन्द भुसालको बलियो प्रतिस्पर्धा रहने देखिन्छ । श्रावण १० गते बिहिबार उमेद्वारी दर्ता पछि उम्मेद्वारको टुगों लागेको हो ।
लोकतान्त्रिकले ढाकाराम भटराईलाई अध्यक्षमा अघि सारेको छ । भटराई शैक्षिक क्षेत्रसँग सम्वन्धित हुनुहुन्छ । वहाँले नेपाली कांग्रेस सम्वद्ध भातृ संघहरुको नेतृत्व गर्दै आउनुभएको छ । भटराईको पनि स्थानीय स्तरमा बौद्धिक र लोकप्रिय छवि रहेको छ ।
उता प्रगतिशीलको तर्फबाट खानेपानीमा अध्यक्षका उम्मेदवार भुसाल शिक्षक पेशावाट निवृत्त भई बिभिन्न सामाजिक क्रियाकलापमा नेतृत्वदायी भूमिका खेल्दै आईरहनुभएको छ । वहाँ शिक्षक रहँदा तत्कालिन एमाले निकट मानिने शिक्षक संगठनका तर्फबाट शिक्षकहरुको साझा सांस्था शिक्षक युनियनको जिल्ला सचिव हुनुहुन्थ्यो भने एमालेका जिल्ला सल्लाहकारको रुपमा रहनुभएको थियो । भुसाललाई नेकपाले आफ्नो वलियो उम्मेदवारका रुपमा अगाडी सारेको छ । प्रगतिनगर खानेपानी निर्वाचन मण्डलले साउन १९ गते शनिवार चुनाव गर्ने गरी निर्वाचन तालिका वनाएको छ ।

Share.

Leave A Reply